जिवनमा यात्राहरु पनि नसोचिएका; कहिले कहाँ त कहिले कहाँ ।
व्यस्त काठमान्डौबाट, केहि दिन पहिले पूर्वतिर लागियो । दशैको करिब अन्तिम दिन हरुमा । एक नासे दिन हरु भन्दा केहि फरक ।
तर सो चे जस्तो कहाँ हुदो रहेछ र ? पूर्वतिर हिडेको यात्रा पश्चिम तिर गर्नु पर्यो; ठीक उल्टो ।
काठमान्डौबाट धरान र तरहरा ,धरान र तरहराको गर्मी छल्न अनि पारिवारिक भेट्घाटको लागी फिक्कलतिर लागियो । फिक्कलको चिसो बातावरणम रम्न नपाउदै बिचैमा एक्कासी देहेरादुन तिर लाग्नुपर्न भो ।
यात्रा अब मेचीबाट – महाकाली । मेचीको फिक्कलबाट बिर्तामोड झरियो,त्यसपछी बिर्तामोड्बाट महेन्द्र नगर । उफ्फ्! एक्कासी लामो यात्रा । त्यस पछी महेन्द्र नगर बाट बनबासाहुँदै देहरादुन ।
देहरादुन अपर्झट आउनुपर्ने कारण चाही बहिनीको सासु बित्नु भएछ्; देहरादुन मा पारिवारीक सम बन्ध , केहि समय पहिले उहाहरुसँग बिताएका न्यानो पलहरु ।
दशै त टाल्टुल मनाईयो; तिहार चाही बहिनीलाई जुठो परेकोले मनाईएन । भाईटिका लगाईदिने बहिनीलाई नै जुठो लागे पछी के को तिहार नि!
Nepali Bloggers